लुम्बिनीमा मुख्यमन्त्री चौधरी र थप ३ मन्त्रीले लिए शपथ

बैशाख १५, २०८०


वैशाख १५, लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ४ जनाले शपथ ग्रहण गरेका छन् । शुक्रबार मुख्यमन्त्री कांग्रेसका डिल्लीबहादुर चौधरीसहित माओवादी केन्द्रबाट धनबहादुर मास्की राजेश, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डेले मन्त्रीको शपथ लिएका हुन् । उनीहरूको मन्त्रालय भने टुंगिएको छैन । मास्की दाङ क्षेत्र नं.३ (२) बाट निर्वाचित हुन् भने लोसपाबाट मन्त्री बनेका पाण्डे रूपन्देही २ बाट र नागरिक उन्मुक्तिका चौधरी बर्दियाबाट निर्वाचित भएका हुन् ।