जेठदेखि संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

बैशाख २४, २०८०


वैशाख २४, संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठदेखि हुने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले नियमावलीअनुसार जेठदेखि प्रश्नोत्तर सुरु गर्ने बताएका हुन् । नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनामा सुरु हुन्छ । कानुन मन्त्री, मुख्य सचेतकसँग छलफल गरेर समय निर्धारण हुन्छ । सरकार सदनप्रति उत्तरदायी हुनुपर्छ । प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थितिलाई पनि कानुनमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउँदछु, उनले भने । नियमावलीको नियम ५६ मा प्रधानान्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न सकिने व्यवस्था छ ।