एमाले सांसद टोपबहादुर रायमाझी निलम्बित

जेठ ०१, २०८०


जेठ १, नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी पक्राउ परेको जानकारी पत्र प्रहरीबाट प्राप्त भएसँगै सभामुख देवराज घिमिरेले उनको निलम्बनसम्बन्धी सूचना जारी बैठकमा जानकारी गराएका छन् । पूर्वऊर्जामन्त्रीसमेत रहेका रायमाझी अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।