दाङको फोरलेन सडक ठेक्का सम्झौता रद्द

जेठ ०१, २०८०


जेठ १ दाङ, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले दाङको अलपत्र फोरलेन सडकको सम्झौता तोडिएको बताएकी छिन् । दाङ सूचना सञ्चार सहकारी संस्था द्वारा सञ्चालित रेडियो मध्यपश्चिमको १७ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले अलपत्र फोरलेन सडक ठेक्का सम्झौता रद्द गरिएकोे बताएकी हुन् । भारतीय निर्माण कम्पनीले फोरलेन सडक निर्माणको जिम्मा लिई काम चारवर्षदेखि अलपत्र पारेकाले नेपाल सरकारले उक्त निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रिया थालन गर्न लागेको बताएकी छिन् ।

सडक निर्माणको नयाँ निर्माणको काम नहुुदासम्म अलपत्र परेको फोरलेन सडकको बिग्रे भत्किएको ठाउँमा नेपाल सरकारले आफैले मर्मत सम्भार गरी धुलो हिलो र खाल्टाखुल्टी मर्मत सम्भार गरी तत्कालिन ‘टुं-लेन’ सडक प्रयोगमा ल्याउने बताएकी छिन् । जसका लागि आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम मार्फत तत्काल अलपत्र फोरलेन सडकको मर्मत सम्भारका लागि नेपाल सरकारले बजेट व्यवस्थापन गरी दाङवासीको आवागमनमा सहजता ल्याउने उनको भनाई थियो । उनले भनिन- भारतीय निर्माण कम्पनीले फोरलेन सडक निर्माणका नाममा अलपत्र पारेकाले फोरलेन सडक निर्माण ठेक्का सम्झौता नेपाल सरकाले रद्द गरेको हो । ठेक्का रद्द पनि नेपाल सरकारले आफैले उक्त अलपत्र सडकको मर्मतसम्भार गर्ने उनले बताईन् ।

मन्त्री शर्माले उक्त अवसरमा नेपाल सरकार अहिले सुशासन पक्षमा दृढताका साथ उभिएर मुलुकलाई समृद्धिको बाटोमा डोहो¥याउन खोजेको बताएकी छिन् । जसका लागि नेपाल सरकारले नक्कली भुटानी शरनार्थी प्रकरणमा मुलुकको नीति निर्माण तहका व्यक्तिहरुले उक्त प्रकरणको अभियोगमा मुच्छिरहेकाले सत्यतथ्य छानविन सहित मुलुकको अस्मिता जोगाउन प्रत्यनशिल बनिरहेको उनको भनाई थियो । उनले भनिन- राष्ट्रकै नीति निर्माण तहका व्यक्तिहरु उक्त प्रकरणको अभियोग लागेको वर्तमान सरकारले सत्यता खोजी गरी सुशासन प्रत्याभूति नागरिकलाई दिलाउने छ । जसका लागि सरकारले कटिबद्ध समेत रहेको उनको भनाई थियो ।