प्रेस युनियनको स्थापना दिवसकाे अवसरमा रक्तदान

जेठ १३, २०८०


तुलसीपुर १३, नेपाल प्रेस युनियनको ३२ औँ स्थापना दिवसको अवसरमा तुलसीपुरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रेस युनियन दाङ र तुलसीपुर नगर जेसिजको संयुक्त आयोजनामा आयोजना गरिएको कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए । प्रेस युनियनको केन्द्रिय स्थापना दिवस र तुलसीपुर नगर जेसिजको सप्ताह व्यापी कार्यक्रमको अवसरमा संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
अस्पतालहरुमा बिरामीहरुलाई रगतको अभाव हुन नदिन मानविय सेवाभावका हिसावले रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले बताएका छन् ।