माओवादीको नेतृत्वमा सरकार छ, खुशी छु : नेत्रविक्रम चन्द विप्लव

साउन ०८, २०८०


साउन ८, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रले सरकारको नेतृत्व गरेकोप्रति खुसी व्यक्ति गरेका छन् । समाजवादी यात्राको चुनौती, भ्रष्टाचार र दण्डहीनता विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिले मलाई एउटा स्मरण पनि भइरहेको छ । अहिले हाम्रो उपप्रधान तथा गृहमन्त्रीज्यू पनि यहाँ हुनुहुन्छ । खुशी पनि लागेको छ । नेकपा माओवादी केन्द्रका नेतृत्वमा सरकार छ । त्यहाँ उपेन्द्र यादव कमरेड सहित नेकपा एकीकृत समाजवादी पनि सरकारमा हुनुहुन्छ ।

उनले अहिले समाजवादको लागि एउटा लडाइजस्तो देखिएको बताए । उनले भने, हामीले भनेका छौं सरकारले थालेको लडाइमा हाम्रो पार्टीले सडकबाट साथ दिन तयार छ भनेका छौं । अहिले दिएका छौं । हाम्रो पार्टीलाई प्रतिबन्ध लाग्नुभन्दा पहिला नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुभएको भए लाग्दैनथ्यो होला भन्ने मलाई अहिले सम्झना भइरहेका छौं । किनकी हामीले कारवाही गरेको एनसेललाई हो । अहिले पनि समस्या हल भएको छैन ।