फेरि स्थगित भयो प्रतिनिधि सभा बैठक

भदौ ०५, २०८०


भदौ ५, प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । मंगलबार अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको हो । संघीय संसदका महासचिव भरतराज गौतमका अनुसार प्रतिनिधि सभा बैठक बुधबार अपराह्न ३ बजे बस्ने गरी स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै गत साउन १० गतेदेखि संसद अवरूद्ध गर्दै आएको छ । उच्चस्तरीय जाँचबुझ आयोग बनाउन सत्ता र प्रतिपक्षी दल सोमबार बेलुकी सहमत भएका थिए । तर सर्वदलीय बैठकबाट यो निर्णय पारित भइसकेको छैन ।