दाङ जिल्ला उवासंघको निर्वाचनका लागि निर्वाचन समिती गठन

भदौ ०८, २०८०


दाङ ८, दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज १३ गते हुने निर्वाचनका लागि निर्वाचन समिती गठन गरिएको छ । संघका शुक्रवार वसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्वाचन गराउनका लागि अधिबक्ताहरु निर्मल गौतम, मौसम आचार्य र अच्युत न्यौपाने सदस्य रहेको निर्वाचन समिती बनाउने निर्णय गरिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । अधिवेसनले ३ वर्षका लागि नया नेतृत्व चयन गर्ने छ । नया नेतृत्व सर्व सहमतीमा चयन गर्नका लागि प्रयास जारी राखिएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए ।

त्यसैगरेर बैठकले १९ औ साधारण सभाका लागि विभिन्न समिती गठन गरेको छ । अतिथी सत्कार समितीमा अध्यक्ष टंकसिंह वुढाथोकी र निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल रहेका छन् । मञ्च व्यवस्थापन समितीमा देवकला वस्नेत, विनोदप्रसाद पाण्डे, जुद्धवहादुर घर्ति (जगत) रहेका छन् । भोजन तथा आवास व्यवस्थापन समितीमा विष्णुप्रसाद रिजाल, मित्रदेव अधिकारी र लिलाराम खड्का रहेका छन् । संघको साधार सभा यही असोजको ६ गते र अधिवेसन असोजको १३ गते हुदैछ । वडा प्रहरी प्रमुख संग छलफल दाङ जिल्ला उद्योग वाणिज्य संघले वडा प्रहरी कार्यालय घोराहीमा भरखरै सरुवा भएर आएका वडा प्रहरी प्रमुख संग छलफल गरेको छ ।

संघले शुक्रवार एक कार्यक्रमको आयोजना गरि वडा प्रहरी कार्यालय घोराहीका प्रमुख रामप्रसाद पाण्डे संग परिचयात्मक तथा उद्योगी, व्यवसायीहरुको शान्ति सुरक्षाको विषयमा छलफल गरेको हो । कार्यक्रममा बोल्दै प्रहरी प्रमुख पाण्डेले नागरिकलाइ शान्ति सुरक्षा आफनो प्राथमिकता रहेको बताए । आफु कानुनको कार्यान्वयमा लागि पर्ने बताए । आफुले नागरिकले केही अनुभुती हुने गरि काम गर्ने समेत उनको भनाइ रहेको थियो । ‘नागरिकले केही फरक पाउने गरि काम हुने छ’ प्रमुख पाण्डेले भने । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले व्यवसायीहरु हरेक क्षेत्रवाट समस्यामा परेको बताए । समस्याको कारण धेरै व्यवसायीहरु विस्थापित हुदै गएको उनको भनाइ रहेको छ । हरेक क्षेत्र संग सहकार्य गदै आएको भन्दै आउदा दिनमा पनि सहकार्य उनले बताए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।