मेसीको उत्कृष्ट गोलमा अर्जेन्टिनाको जित

भदौ २२, २०८०


भदौ २२, फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । शुक्रबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेइडरलाई १(० गोलले पराजित गर्‍यो । ब्युनोस आयर्समा भएको खेलमा अर्जेन्टिनालाई जिताउन मेसीले निर्णायक गोल गरे । उनले खेलको ७८ मिनेटमा गोल गरेका थिए। मेसीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए ।छनोटका अन्य खेलमा पाराग्वे र पेरुले गोलरहित बराबरी खेल्दा कोलम्बियाले भेनेजुएलालाई १/० गोलले हराएको छ ।