ब्यबसायिक सुरक्षा प्रमुख प्राथमिकता हुन्छ : प्रजिअ सुवेदी

असोज १५, २०८०


दाङ, अशोज १५ । दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले ढुक्क भएर ब्यापार ब्यबसाय सञ्चालन गर्न आग्रह गर्नु भएको छ । प्रजिअ सुवेदीले ब्यबसायिक सुरक्षा प्रमुख प्राथमिकतामा रहेको भन्दै ब्यबसायिक बाताबरणका लागि स्थानिय प्रशासन लागि परेको बताउनु भयो ।


तुलसीपुर उधोग बाणिज्य सघंको आयोजनामा सोमबार आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा बोल्दै प्रजिअ सुवेदिले तुलसीपुर क्षेत्रमा नागरिक र सुरक्षाकर्मिहरुको बिचमा समन्वय र सुचना सम्प्रेषण गर्नुपर्ने बताउनु भएको छ । उहाले ब्यबसायिहरु पछिल्लो समय आर्थिक मन्दिको मार खेप्न बाध्य रहेको भन्दै बजार ,कलकारखाना र उधोग धन्दा सञ्चालनको लागि स्थानिय प्रहरि प्रसासनले पुर्णरुपमा सहयोग गरेर ब्यबसायिक प्रबर्दनमा लाग्न स्पष्ट निर्देशन दिएको समेत बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरि प्रमुख रामबहादुर केसिले ब्यबसायिक सुरक्षा कायम गर्दै तुलसीपुर क्षेत्रको शान्ति सुरक्षा कायम गर्न प्रहरिको ध्याणाकर्षण भएको बताउनु भयो। सो अबसरमा उहाले पछिल्लो समय तुलसीपुर क्षेत्रलाई हाउगुजी बनाएर अनाबश्यक हल्ला फैलाएको भन्दै हल्लाको पछि नलागेर प्रहरिलाई सत्य तथ्य सुचना दिन अनुरोध गर्नु भएको छ । स्थानिय प्रहरी प्रशासनले खोजेको भरपर्दो सुचना हो त्यसका लागि नागरिक सगं अनुरोध गर्दछौ एसपि केसिले भन्नु भयो ।


सो अबसरमा बाणिज्य सघंका पुर्ब अध्यक्ष बिमल रिजालले ब्यबसायिहरु पछिल्लो समय बिभिन्न समस्याको चपेटामा परेको भन्दै ब्यबसायिक बाताबरण श्रृजना गर्न राज्य गम्भिर हुनुपर्नेबेला आएको बताउनु भयो । सो अबसरमा पुर्ब अध्यक्ष रिजालले सहकारी पिडित ब्यबसायिहरुको उधोग बाणिज्य सघंमा निवेदनका चाङ रहेको भन्दै स्थानिय प्रशासनले उनिहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रेस सल्लाहकार शरद रेग्मी, प्रदेश सल्लाहकार समितिका सदस्य नारायण प्रसाद खनाल, उपाध्यक्ष ललितजगं शाह लगायतकाले आफ्ना भनाईहरु राख्नुभएको थियो । बाणिज्य सघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण महासचिब बिनिल केसीले गर्नु भएको थियो ।