प्रथम लुम्विनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता हुने

असोज १६, २०८०     दिपक कुमाल


असोज १६, लुम्बिनी प्रदेश तेक्वान्दो सँघको नियमित बैठक आज तुल्सीपुरमा सम्पन्न भएको छ । सँघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले कार्तिक १७ र १८ गते लुम्विनी प्रर्देश स्तरिय बिभन्न तौल समुहमा प्रथम खुला तेक्वान्दो प्रतियोगिता गर्ने निर्णय गरेको छ । उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि संघका कोषाध्यक्ष मोहन सुनारको संयोजगत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यमा महेश थापा, श्याम भट्टराई, राजिव सिहं क्षेत्री, सुरेश पाश्वाङ, बम बहादुर बि.क. रहनु भएको छ । त्यस्तै सँघका सदस्य दिपक कुमाललाई प्रेस संयोजकमा नियुक्ति गरिएको छ । बैठमा सुमन घले गुरूङ, डम्बर बि.सी., सचिन पौडेल लगाएतले आफ्नो भनाई राख्नु भएको थियो । बैठकको सहजिकरण संघका सचिब बिनिल के.सी.ले गर्नु भएको थियो ।