‘दिमाग खराब’को प्रदर्शन नरोकिने, शो बाँडफाँटमा जुट्यो सहमति

कार्तिक ३०, २०८०


फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित नहुने भएको छ । बिहीवार फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो ।

संघको कार्यालय विशालनगरमा बसेको बैठकपछि महासचिव नरेन्द्र महर्जनले दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति जुटेको बताए । चलचित्र संघले बैठकबारे विज्ञप्तिमार्फत पनि जानकारी दिएको छ ।तर, फिल्म चलिञ्जेल ५० प्रतिशत सेयर कायम गर्नुपर्ने निर्माताको मागमा सहमति जुट्न सकेन । यसका लागि मंगलबार पुनः अर्को चरणको बैठक बस्ने सहमति पनि जुटेको छ ।चलचित्र संघका उपत्यका सभापति सुरेन्द्र थापाले बैठकको सहमतिअनुसार ‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको समेत बताए । बैठकमा फिल्मका तर्फबाट निर्माता, निर्देशक र वितरक सहभागि थिए ।