बालापुर युवा क्लबको आयोजनामा खुला फुटबल प्रतियोगिता सुरु

पुष २५, २०८०


जनप्रीय र मीन बहादुर फाउन्डेसनको बिजयी सुरुवात

लक्ष्मण बस्नेत, पुस २५ दाङ । दाङको बालापुरमा आजदेखि 7-A साईड खुला पुरुष फुटबल प्रतियोगिता २०८० सुरु भएको छ । बालापुर युवा क्लबको आयोजनामा माबी बालापुर खेल मैदानमा संचालित प्रतियोगिताको दङ्गिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गरिले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष गिरिले सिङ्गो राष्ट्रको सान र गौरव जोडिएको खेलकुदको बिकास स्थानिय स्तर बाट गर्नु पर्ने बताउनु भएकोछ । मानव स्वास्थ्यको अभिन्न अंग खेलकुद सिङ्गो राष्ट्रको पहिचान हो यसको बिकास स्थानिय स्तर बाट गर्न सके खेलकुदले फड्को मार्ने उहाले बताउनुभयो । राष्ट्र लाई अन्तरास्ट्रिय स्तरमा स्थापित गराउने एक दरिलो माध्यम खेलकुद मात्र भएकाले दक्ष खेलाडी उत्पादनमा स्थानीय सरकारको भूमिकालाई थप सक्रिय बनाएको उहाँको भनाई थियो । साथै उहाँले खेलाडीलाई अनुशासनको उच्च पालना गरेर खेल्न आग्रह समेत गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन समारोह बालापुर युवा क्लबका अध्यक्ष नवीन गिरिको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरिको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका वडा न २ का अध्यक्ष भिम बहादुर योगि र दङ्गिशरण गपालिका वडा न ५ का अध्यक्ष निरज बस्नेतको विशिष्ट आतिथ्यमा भएको थियो । सो अबसरमा तुलसिपुर उपमहानगरपालिका वडा न २ का अध्यक्ष भिम बहादुर योगि र दङ्गिशरण गपालिका वडा न ५ का अध्यक्ष निरज बस्नेत लगाएतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन दङ्गिशरण गाउँपालिका प्रस संयोजक प्रमोद आचार्यले गर्नु भएको थियो ।

यसैबिच प्रतियोगिताको आज सम्पन्न खेलमा जनप्रीय बोर्डिङ स्कुल बालपुर र मीन बहादुर फाउन्डेसन तुलसिपुर ३ ले बिजयी यात्रा सुरु गरेका छन् । जनप्रीयले दुधेना फुटबल क्लबलाई सुन्यका विरुद्ध एक गोलले पराजित गर्दै बिजयी सुरुवात गर्दा एम वाई सि पोटली लाई एक का बिरुद्ध दुई गोल गर्दै मीन बहादुर फाउन्डेसनले बिजयी यात्रा सुरु गरेको हो । प्रतियोगिता अन्तरगत भोलि बिहान तकियापुर फुटबल क्लब र गोटोखोला बिच पहिलो खेल बिहान ८ बजे देखि सुरु हुनेछ ।

त्यस्तै दोस्रो खेलमा माबी बालापुर र दङ्गिशरण फुटबल क्लब भिड्नेछन् । प्रतियोगिता अवधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा, खुम बहादुर वलि, बिनोद बिक र आदेश केसि रहनु भएको छ । प्रतियोगिताको बिजेताले नगद २५ हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ भने उपबिजेताले नगद १५ हजार कप मेडल प्रमाणपत्र हात पार्ने बालापुर युवा क्लबका दिपेश गिरि ले जानकारी दिनु भएकोछ । पुस २७ गते सम्म चल्ने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।