महायज्ञको पाचौ दिन ३४ लाख बढी आर्थिक सहयोग संकलन

माघ १७, २०८०


तुलसीपुर १७, माघ । महायको पाचौ दिन ३४ लाख बढी आर्थिक सहयोग भएको छ । बुधबार ३४ लाख १७ हजार २ सय ९० रुपैया संकलन भएको हो । नगद र प्रतिबद्वता गरि हाल सम्म २ करोड ४८ लाख ६२ हजार ५ सय ४६ रुपैया आर्थिक सहयोग महायज्ञ मुल आयोजक समितिको आर्थिक उपसमितिले जनाएको छ । मंगलवार चौथो दिन सम्म २ करोड १४ लाख ४५ हजार २ सय ५६ रुपैया आर्थिक सहयोग रकम संकलन भएको थियो ।

५ करोड आर्थिक संकलन गर्ने उदेश्य लिएको मानव सेवा आश्रमको महायज्ञबाट लक्ष्य पुरा हुने देखिएको छ । तुलसीपुरको अरणीको मैदानमा माघ १३ गतेदेखि २० गते सम्म सञ्चालन गरिएको मानव सेवा आश्रम निर्माणार्थ सञ्चालन गरिएको महायज्ञको पाँचौ दिनको मध्यान्ह् सम्म नगद ५० लाख ५६ हजार ३ सय ६८ रुपैया सहयोग प्राप्त भएको छ । स्थानीय सरकार तथा संघसंस्थहरुको प्रतिबद्धताबाट १ करोड ६३ लाख ८१ हजार ८ सय ८८ रुपैया प्राप्त हुने भएको छ । नगद र प्रतिद्धता समेत गरि २ करोड १४ लाख ४५ हजार २ सय ५६ रुपैया आर्थिक सहयोग प्राप्त भएको आर्थिक उपसमितिले जानकारी दिएको छ ।

महायज्ञमा सबैभन्दा बढि लायन्स क्लव अफ ईन्टरनेशनलबाट १ करोड २३ लाख, तुलसीपुर उपमहानगरपालिकाबाट ५ कोठा भवन निर्माणका लागि २५ लाख ५५ हजार ५ सय ५५ रुपैया,लुम्बिनी प्रदेश सभासदस्य रेखा शर्माले ५ लाख ११ हजार १ सय ११, दङीगशरण गाँउपालिका ५ लाख ११ हजार १ सय ११ र शान्तिनगरगाँउपालिकाबाट ५ लाख ११ हजार १ सय ११ हजार रुपैया भवन निर्माणार्थ रकम उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भईसकेको छ । पाँचौ दिन सम्मको आर्थिक सहयोग प्राप्तीको अबस्थालाई दृष्टिगत गर्दा ५ करोड भन्दा बढि रकम संकलन हुने देखिएको मुल आयोजक समितिका कोषाध्यक्ष सुष्मा गिरीले जानकारी दिनुभयो ।  योगदान कक्षमा आर्थिक सहयोग गर्नेहरुको उत्साहजनक भीड देखिएको थियो ।

यस्तै, महायज्ञ स्थलको पण्डालमा ठुलो संख्यामा रहेका धर्मालम्वी तथा दर्शनार्थीहरुको पाचौ दिन भरिभराउ रहेको छ । कथा वाचनकर्ता कमलनयन गौतमको शैलिले मग्नमुग्ध भई रमाई रहेका महिला तथा पुरुषहरु भजन प्रस्तुतिका बखत नृत्य गर्ने र रमाउने गरेका छन् । मंगलबार चौथो दिन झण्डै २५ सय बढीको उपस्थीति रहेको आकलन गरिएकोमा पाचौ दिन बुधबार उक्त संख्या भन्दा बढी उपस्थीति रहेको मुल आयोजक समितिले बताएको छ ।

रात्रीकालिन भजन कृतनमा उत्साह
पाचौ दिनको रात्रीकालीन भजन्कृतनमा समेत दर्शनार्थी हरुको उत्साहजनक सहभागिता रहेको छ । र बेलुकी ७ बजेदेखि ९:३० बजे सम्म भजनकृत्तन तथा नृत्य उमङका साथ हुने गरेको मुल आयोजक समितिका सदस्य सचिव बुद्धप्रकाश सिंहले जानकारी दिनुभयो । बिहान योग कक्षा र बिहान ८ बजेदेखि १० बजे सम्म शिक्षक र बिद्यार्थीका लागि सकारात्मक सोच सम्बन्धि कक्षा, बिहान ११ बजदेखि बेलुकी ४ बजे सम्म कथा वाचन, अपरान्ह् ५ बजे आरति गरिन्छ ।