ज्ञानज्योती फाउन्डेसनको आयोजनामा तेजस्वी अवार्ड २०८० सम्पन्न

फागुन १३, २०८०


दाङ १३, तुलसीपुर । ज्ञानज्योती एजुकेसन फाउन्डेसनको आयोजनामा तेजस्वी अवार्ड- २०८० सम्पन्न भएको छ ।

अवार्ड कार्यक्रममा फाउन्डेसन भित्र रहेका आठ विद्यालयको सहभागीता रहेको थियो । अवार्डका लागि कक्षा ५, कक्षा ८ र कक्षा १० का ८० जना विद्यार्थीहरुकाे सहभागी रहेकाे थियो । जसमा कक्षा १० का छात्र र छत्रा तर्फ प्रथम ज्ञानज्योती मा.वि.तुलसीपुरले अवार्ड जितेको छ, भने कक्षा ८ तर्फ अमृत एकेडेमीका छात्र र संस्कार पाठशालाकि छात्राले प्रथम अवार्ड प्राप्त गरेका छन । त्यस्तै कक्षा ५ तर्फ भने पि एण्ड के पाठशालाका छात्र र छात्राले प्रथम स्थानको अवार्ड जितेका छन । प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयका विद्यार्थीहरुलाई अवार्ड, नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

ज्ञानज्योती एजुकेसन फाउन्डेसनका सिइओ सुरेन्द्र जि.सी.को अध्यक्षतामा भएको अवार्ड कार्यक्रममा विद्यार्थी, अभिभावक र विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । फाउन्डेसन अन्तर्गतका विभिन्न बिद्यालयका विद्यार्थीहरुलाई आत्मीयता बढाउने, अतिरिक्त कृयाकलापहरुमा विद्यार्थीहरुलाई प्रतिस्पर्धा गराई बौद्धिता प्रर्दशन गर्ने उदेश्यले अवार्ड कार्यक्रमको आयोजना गरिएको फाउन्डेसनका सिइओ सुरेन्द्र जि.सी.ले बताउनुभयो । उहाले उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिने बताउनुभयो ।

ज्ञानज्योती स्कुल तुलसीपुरका काेडिनेटर राकेश डागीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्कार पाठशाला दाङका काेडिनेटर रबि चापागाईंले गर्नुभएको थियो ।