दर्शकको रोजाईमा नारायणपुरको भिएफएक्स सिनेमाज
![](https://sampurnakura.com/wp-content/themes/sampurnakura/images/sidelogo.png)
![](https://sampurnakura.com/wp-content/uploads/2023/10/387101542_1659082821267343_2287890113382903289_n-1024x768.jpg)
यतिबेला नेपाली चलचित्र बजारमा दुई वटा चलचित्रहरु प्रदर्शनरत छन् । चलचित्र ‘मनसरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ भने चलचित्र बोक्सीको घर गएको हप्ताबाट रिलिज भएको छ । यि दुबै फिल्मले देशभरका हलमा उच्च शोज पाएको छ । फिल्म हेर्न दर्शकको घुइचो अनपेक्षित देखिएको छ । दाङको नारायणपुर स्थित उच्च प्रविधियुक्त सिनेमाज भिएफएक्समा पनि यि दुबै चलचित्र प्रदर्शन भएका छन् । चलचित्र ‘बोक्सीको घर’ र ‘मनसरा’ हेर्न दर्शकको राम्रै उपस्थिती रहेको छ ।
![](http://sampurnakura.com/wp-content/uploads/2024/05/IMG_20240505_105841-1024x614.jpg)
भिएफएक्स सिनेमाज नारायणपुर दर्शकका लागि फिल्म हेर्ने पहिलो रोजाई भएको छ । उच्च प्रविधि र गुणस्तरमा कुनै कुराको कम्प्रोमाइज नगरिएको हल संचालक बताउछन् । भिएफएक्स सिनेमाज नारायणपुरमा दुईवटा पर्दामा दर्शकले चलचित्र हेर्न पाउछन् । साउन्ड,सिट।लाइटिङ तथा सरसफाईमा पनि हलले उच्च ध्यान दिएको छ । दर्शकले चलचित्र हेरे पछि सिनेमा हलको प्रशंसा गर्ने गरेको संचालक बताउछन् । दाङमा पनि काठमाडौंका हलमा जस्तै चलचित्र हेर्न पाइएकाले दर्शकहरुले खुसी व्यक्त गर्ने गरेका छन् । हलमा विहान,दिउसो,बेलुका तथा राती गरी दैनिक चार शो संचालन हुदै आएको छ । सिनेमा हलले टिकेटिङलाई पनि व्यवस्थित गर्न खल्ती एप्स मार्फत टिकेट काट्ने व्यवस्था मिलाएको छ ।
![](http://sampurnakura.com/wp-content/uploads/2024/05/1000006572-1024x578.jpg)
करोडौ लगानी गरेर नारायणपुरमा सिनेमा हल खोल्नु आफैमा चुनौती भएपनि दर्शकका लागि दाङमा एउटा गुणस्तरीय प्रविधियुक्त हल संचालनमा ल्याएको हलका संचालक तथा नेपाल चलचित्र संघका पश्चिमाञ्चल सभापति विजय रावतले बताए । दाङ जिल्ला पहिलेदेखि नै फिल्म चल्ने जिल्ला अन्तर्गत चिनिन्थ्यो । यहाँ चलचित्रलाई माया गर्ने दर्शकहरु धेरै भएकाले राम्रो हल खोल्नुपर्छ भन्ने लागेर सिनेमा हल संचालनमा ल्याएको उनले बताए । उनले दर्शकको सुविधाका लागि ग्य्राभिटि रेष्टुरेन्ट पनि संचालनमा ल्याएको बताए । उक्त रेस्टुरेन्टमा प्रत्येक शुक्रवार वेलुका कलाकारको साथमा सांगीतीक साझ हुने गरेको समेत बताए ।
![](http://sampurnakura.com/wp-content/uploads/2023/10/387085875_1659078314601127_6208949342127758868_n.jpg)
यस्तै चलचित्र हेर्न दर्शकको पहिलो रोजाईमा भिएफएक्स सिनेमाज रहेको भिएफएक्स सिनेमाजका व्यवस्थापक प्रकाश थापाले बताए । चलचित्र राम्रो बन्यो भने दर्शकहरु फिल्म हेर्न आउने र नेपाली चलचित्र क्षेत्रको लागि वर्ष २०८१ सुखद जस्तै देखिएको पनि थापाले बताए । वर्ष २०८१ को सुरुवातदेखि नै नेपाली चलचित्रले आशा लाग्दो व्यापार गरिरहेको उनले बताए । भिएफएक्स सिनेमाजलाई विजय रावत र चेतन राणाले संचालनमा ल्याएका हुन ।