पुजार सार्कीमा हावी देखिए प्रदीप, ट्रेलर रिलिजमा पनि देखिएनन् पल

बैशाख २७, २०८१


तीन जना अभिनेता लिएर बने पनि पुजार सार्कीमा अभिनेता प्रदीप खड्का हाबी देखिए । मङ्गलवार निर्माण टिमले फिल्मको ट्रेलर जारी गर्यो । ट्रेलरमा अन्य अभिनेता आर्यन सिग्देल र पल शाहमाथि प्रदीप निकै हाबी देखिए । उनको चरित्र, संवाद दुवै अन्य अभिनेतामाथि हाबी भएको देखिन्छ ।

कार्यक्रममा जातीय छुवाछुत अनि अर्को फिल्म फर्की फर्कीसँग जुधेको विषयमा निर्माण टिमले स्पष्टिकरणदिँदै फिल्म जानाजान नजुधाएको तर्क गरेका थिए । अभिनेता प्रदीपले त एकै मितिमा दुई फिल्म लाग्नु बफे सिस्टमको भोजसँग जोड्दै भनेु यो बफे हो, जसलाई जे राम्रो लाग्छ त्यही हेर्नुस्।

कार्यक्रममा दुई अभिनेत्री अञ्जना बराइली र परिक्षा लिम्बुसँगै आर्यन र प्रदीपसहित निर्देशक दिनेश राउत उपस्थित थिए । तर अर्का अभिनेता पल शाह भने थिएनन् । उनी फिल्म रावणको सुटिङमा काठमाडौँ बाहिर रहेकाले उपस्थित हुन नसकेको दाबी गरियो । नाबालिग बलात्कारमा जोडिएका पललाई जातीय छुवाछुतविरुद्ध बनेको फिल्ममा अभिनय गराएकोमा समेत प्रश्नहरू उठिरहेका छन् नै ।

यो पनि स् जातीय विभेद विरोधी फिल्ममा पल देख्दा दर्शकले नाबालिग धर्धरी रोएको दृश्य सम्झिए भने ? यो बेलामा उनी उपत्यका बाहिर भएकाले होस् या काठमाडौँभित्रै भएर पनि नआएकाले हो ? प्रचारमा निर्माण टिमले सर्वोच्च नाबालिग बलात्कारको मुद्दा ब्युँतिएकालाई किन अभिनय गराएको भन्ने प्रश्नको सामना गर्न परेन ।

सार्वजनिक गरिएको ट्रेलर अनि कार्यक्रममा दिइएको जानकारी अनुसार पुजारीले दलित प्रेमिकासँग विवाह गर्न र दमाई बनेका प्रदीपले उच्च जातकी प्रेमिकासँग विवाह गर्न गर्ने संघर्ष नै फिल्मको मुल कथा देखिन्छ । यसमा जातीय विभेदलाई राजनीतिक स्वार्थमा प्रयोग गर्ने समूहको कथा समेत मिसाइएको देखाइएको । पुजारी बनेका आर्यनबाट जातको आधारमा नभई ब्यक्तीको ज्ञानको आधारमा को ठूलो अनि को सानो हुने भन्ने गहकिलो सन्देश नै ट्रेलरमा समावेश गरिएको छ ।