दीर्घकालीन असरका निर्णय नगर्न एमालेले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
असार २१, २०८१
नेकपा एमालेले प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेको भन्दै दीर्घकालीन असर पर्ने कुनै काम नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ ।
महासचिव शंकर पोखरेलको हस्ताक्षरमा जारी विज्ञप्तिमा दुई ठूला दल एमाले र कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको वर्तमान परिस्थितिमा प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेको जिकिर गरिएको छ ।
राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पनि एमालेले अनुरोध गरेको छ ।
सत्ताघटकको प्रमुख दल एमालेले समर्थन फिर्ता लिई मन्त्रीहरूले समेत राजीनामा दिएको अवस्थामा प्रचण्ड सरकार स्पष्ट अल्पमतमा परेको एमालेले जनाएको छ ।