निजिक्षेत्रको सहकार्य अपरिहार्य छ प्रजिअ लम्साल
शरद रेग्मी, अशोज १७ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले निजिक्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउनु भएको छ । बिहिबार तुलसीपुर उधोग बाणिज्य संघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारि लम्सालले जिल्लाको शान्ति सुरक्षा, सुसासन र बिकासका सन्दर्भमा अडिग रहेर कार्य सम्पादन गर्ने बताउनु भयो ।
प्रजिअ लम्सालले निजि क्षेत्रको सहकार्यबाट राज्यलाई अर्थतन्त्र चलायमान गराउन मदत पुगिरहेको बताउनु भयो । राज्यले ब्यबसायिहरुको सुरक्षा, प्रबर्दन र ब्यबस्थापनमा प्रमुख प्राथमिकतामा राखेको समेत प्रष्ट पार्नु भयो । प्रजिअ लम्साले सेवाग्राहिको सहजताका लागि कार्यालयमा आफुले हेल्पडेष्क स्थापना गरेर कामलाई छिटो छरितो बनाउन लागिपरेको जानकारि दिनुभयो ।
तुलसीपुर उधोग बाणिज्य संघका अध्यक्ष बिनिल केसिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला प्रहरि कार्यालय दाङका प्रमुख अर्जुन प्रसाद तिमिलसिनाले प्रहरि एक्लैले केहि गर्न नसक्ने बताउनु भयो ।उहाले शान्ति सुरक्षा कायम गर्न जनता संग सहकार्य गर्न आबश्यक रहेको बताउनु भयो । जिल्लामा हुने लागुअौषद,गुण्डागर्दि र अपराध रोक्न दाङ प्रहरि सक्षम रहेको बताउनु भयो ।
उहाले जिल्लामा चाडपर्ब सुरक्षा योजना लागु भैसकेको भन्दै कहि कतै केहि परेको समयमा तत्काल नजिकको प्रहरिलाई खबर गर्न समेत आग्रह गर्नुभयो । एसपि तिमिल्सिनाले राजमार्ग सुरक्षा देखि यात्रुबाहक सवारिका साधनहरु चेकजाचलाई कडाइ गर्न निर्देशन भैसकेको बताउनु भयो ।
सो अबसमा तुलसीपुर उधोग बाणिज्य सघका पुर्ब अध्यक्ष बिमल रिजाल, ईलाका प्रहरि कार्यालय तुलसीपुरका प्रमुख अनिल सिहं ठकुरि, नेपाल बिधुत प्राधिकरण तुलसीपुरका प्रमुख शिब गोसालि लगयतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
उपाध्यक्ष बिश्व बस्नेतको स्वागत मनतब्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण महासचिब केशबराज केसिले गर्भएको थियो ।