दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

कार्तिक २१, २०८१


दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब सवा १० बजेतिर तुलसीपर उपमहानगरपालिका १८ बिजौरी बस्ने मधु श्रेष्ठका छोरा १६ वर्षिय किशोर श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

मधुलाई आफ्नै घरमा दिपावलीको लागी लगाएको बत्ति निकाल्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लाग्ने बित्तिकै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएको भएता पनि डाक्टरले उनलाई ११ बजे मृत घोषणा गरेको प्रहरीले बताएको छ ।