मेरिगोल्ड डान्सिङ स्टार प्रतियोगिता सम्पन्न

मङि्सर १४, २०८१


मंसिर १४, तुलसीपुरमा उपमहानगरपालिका वडा नं.७ मा रहेको मेरिगोल्ड बोर्डिङ स्कुलमा ‘मेरिगोल्ड डान्सिङ स्टार’ प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । विद्यार्थीहरुको नृत्यमा रुचि रहेको र त्यो रुचि क्षमतालाई प्रदर्शन गरुन भनी मेरिगोल्ड स्कुलले प्रत्येक बर्ष डान्सिङ स्टार आयोजना गर्दै आएको छ।

प्रि- अडिसन र मेगा अडिसन पूरा गर्दै फाइनलमा पुगेका प्रतियोगीहरु मध्य जुनियर समुहमा लक्ष्मी के.सी.प्रथम, जस्लिन छन्त्याल दृतिय र अदिती राना तृतीय हुनुभएको छ । त्यस्तै सिनियर समूह तर्फ योजना रिजाल प्रथम, रोशिमा पार्धे दृतिय र करुणा ओलिले तृतीय स्थान हासिल गर्नुभएको छ ।

उक्त प्रतियोगितामा प्रथम हुने लाई नगत रु.५००० र ३५% छात्रवृत्ति पाएका छन भने दृतिय हुनेलाई रु.३००० सङ्गै २५% छात्रवृत्ति र तृतीय हुनेलाई रु.२००० सङ्गै १५% छात्रवृत्ति प्रदान गरिनेछ । साथै सबै बिजेताहरुलाई ट्रफी र प्रमाणपत्र पनि बितरण गरिएको मेरिगोल्ड स्कुलका प्रधानाध्यापक बाशुदेब रिजालले बताउनुभयो ।

शिक्षक विद्यार्थी र अभिभावकहरुको उल्लेख्य उपस्थितमा भएको कार्यक्रमको सहजीकरण मेरिगोल्ड स्कुलका सहायक प्रधानाध्यापक सोमराज बस्नेतले गर्नुभएको थियो ।