अभिनेता प्रदीप खड्का सोमबार दाङ नारायणपुरको भिएफएक्स सिनेमाजमा आउँदै

माघ २०, २०८१     सन्तोष के.सी.


दाङ माघ २०, माघ १८ गते शुक्रबारबाट अल नेपाल रिलिज भएको चलचित्र एक्टर टेक वन को प्रचार प्रसारका लागि अभिनेता प्रदीप खड्का सहित चलचित्रको सम्पूर्ण टिम सोमबार दाङको नारायणपुर स्थित भिएफएक्स सिनेमाजमा आउँदै छन् ।

चलचित्र एक्टर टेक वन को सोमबार पहिलो शोका लागि चलचित्रका कलाकारसँग बसेर दर्शकहरूले चलचित्र हेर्न पाउने हल सञ्चालक विजय रावतले जानकारी दिनुभयो । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र एक्टर टेक वनले उत्कृष्ट प्रतिक्रिया र राम्रो दर्शकको साथ पाइरहेको छ ।

चलचित्रको टिम यतिबेला दर्शकसँग साक्षात्कार तथा भेट्नका लागि विभिन्न सिनेमा हलहरूमा पुगिरहेको छन । साथै दाङका दर्शकहरूसँग बसेर सिनेमा हेर्न र दर्शकको प्रतिक्रिया लिन सोमबार दाङको नारायणपुरमा रहेको भिएफएक्स सिनेमाजमा अभिनेता प्रदीप खड्का अभिनेत्री दिव्या रायमाझी, निर्माता थम्मन कुमार भण्डारी लगायतकाे चलचित्रको टिम दाङ आउन लागेको हो ।

चलचित्रमा प्रदिप खड्का, दिव्या रायमाझी, आना शर्मा, राज बल्लभ कोइराला, दिव्य देव, सिर्जना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् चलचित्रका निर्माता थम्मनकुमार भण्डारी हुन् भने चलचित्रको निर्देशन राजन भुसालले गरेका छन् ।