नेकपा एमाले दाङ जिल्ला कमिटी वैठक सम्पन्न

दाङ २८, नेकपा एमाले जिल्ला कमिटी दाङको वैठक पार्टी कार्यालय भरतपुर घोराहीमा सम्पन्न भएको छ ।
जिल्ला कमिटिका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता एवम् जिल्ला ईञ्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको वैठकले महासचिव शंकर पोख्रेलको उपस्थितिमा जेठ ६ गतेको नेत्र स्मृती दिवस तुलसीपुरमा र जेठ ७ गते स्थानिय जनप्रतिनिधिहरुको भेला र प्रशिक्षण घोराहिमा गर्ने निर्णय गरेको छ ।
त्यस्तै जेठ ३ गते मदन आश्रित स्मृति दिवसका अबसरम देउखुरीमा विशेष कार्यक्रम गर्ने वैठकले निर्णय गरेको छ । उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तब्य बाट सुरु भएको वैठकले जेठ १० गते भित्र पार्टि सदस्यता नविकरण गरिसक्न वडाहरुलाई निर्देशन समेत दिएको छ । वैठकलाई सम्वोधन गर्दै पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीले जनताका कामहरुमा सहकार्य गर्न नेता कार्यक्रताहरुलाई आग्रह गर्नुभएको छ ।
जरामा पार्टिलाई बलियो बनाउन वडा र टोलहरुमा केन्द्रित हुन अनिवार्य छ , त्यहा ध्यान दिनुस् , दाङ ईञ्चार्ज समेत रहनुभएका चौधरीले भन्नुभयो । त्यसै वैठकलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष शिवकुमार आचार्यले आ आफ्नो जिम्मेवारी अनुसार पार्टिको काममा केन्द्रित हुन निर्देशन दिनुभएको छ । आफ्ना ब्यक्तिगत काम र पार्टिका कामको तालमेल मिलाउनुस र काममा लाग्नुस् जिम्मेवारी लिएर वाहाना नबनाउनुस , अध्यक्ष आचार्यले भन्नुभयो ।
वैठकमा दाङका १० वटै पालिकाका अध्यक्षहरुले पालिकामा भएका कामहरुको रिपोर्टिङ गर्नुभएको थियो । वैठकले नेकपा एमाले दाङ प्रचार तथा प्रकाशन विभागलाई पुर्णता समेत दिएको छ । जस अनुसार सचिवालय सदस्य संगीत बस्याल प्रमुख रहेको प्रचार विभागको सचिवमा किरण गौतम मनोनित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा दशरथ घिमिरे ,रिता लामा, हेमराज डाँगी, पाण्डव शर्मा, दिप्तिशिखा चौधरी, गोकर्ण पौडेल,शिवराज पन्थि, सन्तोष कुमार गुप्ता र अर्जुन परियार रहनुभएको चौतारी फाँट प्रमुख गणेश आचार्यले जानकारी दिनुभएको छ । वैठकको सहजिकरण जिल्ला उपसचिव भुवनेश्वर पौडेलले गर्नुभएको थियो ।