दाङ ३(ख) कांग्रेस सभापतिमा शम्भु गिरी निर्वाचित

६ घण्टा अगाडि


नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नं. ३ (ख) को पदाधिकारी तर्फ अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सभापतिमा शम्भु गिरी ४७० मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनि दगिशरण गाउपालिकाका अध्यक्ष समेत हुन ।  सभापतिका अन्य उम्मेदवार गोपालबहादुर रावतले ९९ र निर्मल केसीले ८५ मत प्राप्त गरेका छन्।

उपसभापतिमा दुर्गा वली ३०९ मतसहित निर्वाचित हुदा चक्र  वलीले २६३ मत प्राप्त गरेका छन्। त्यस्तै, सचिवमा गणेश केसी ३४३ मतसहित निर्वाचित भएका छन्। लिला खड्काले २४४ मत प्राप्त गरेका छन ।

थारु समानुपातिकतर्फ मधु चौधरी ३३० मतसहित निर्वाचित हुदा शुकलाल चौधरीले २५५ मत प्राप्त गरेका छन्।