‘चुम्बन’ चर्चाबीच सुरक्षाले भनिन्- उहाँ फिल्ममेकर भएकाले सम्झाइरहनुपर्दैन

बैशाख ०१, २०८०


हलमा चलिरहेको फिल्म ‘बहाव’मा समावेश चुम्बनको दृश्य यतिबेला चर्चामा छ । चुम्बनको लामो दृश्यले अभिनेत्री सुरक्षा पन्तलाई पनि एकाएक चर्चामा ल्याएको छ ।

चुम्बनको दृश्यले नवविवाहित जोडीको दाम्पत्य जीवनमा कुनै नकारात्मक प्रभाव पार्ने त होइन भनेर पनि सामाजिक सञ्जालमा कतिपयले टिप्पणी गरेका छन् । तर यसबीच सुरक्षाले चुम्बन दृश्यबारे प्रष्टीकरण दिएकी छन् । पति मानव सुवेदी फिल्मकर्मी समेत भएकाले पात्रको औचित्य र रोलबारे कुरा बुझ्ने सुरक्षाले बताएकी छन् ।‘उहाँ आफैं फिल्ममेकर भएको हुनाले पात्रले मागेअनुसार जे पनि गर्नुपर्ने हुन्छ भन्ने बुझ्नुभएको छ  । कथाले मागेपछि पात्रको औचित्य चाहिं पूरा गर्नुपर्छ भन्ने उहाँको बुझाइ छ । फिल्ममेकरलाई धेरै सम्झाइरहनुपर्दैन,’ सुरक्षाले भनेकी छन् ।