त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि द्धारा छात्रवृति

बैशाख ०६, २०८०


तुलसीपुर, ६ बैशाख । तुलसीपुर स्थित त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि. ले ना ६ ख ६४३२ नम्बर गाडी दुर्घटनामा परि मृत्यु भएका राजेश सुनारका छोरा आदित्य सुनारलाई पढाउने भएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै यातायातले कुसुममा दुर्घटना परि मृत्यु भएका राजेश सुनारका छोरा आदित्य सुनारलाई छात्रबृति दिने भएको हो । त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि.का अध्यक्ष सुरेश हमालका अनुसार हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने आदित्य सुनारकि आमासंग सहमति भएको बताएका छन् । आदित्य सुनारलाई १०० प्रतिशत छात्रवृति प्रदान गरिने भएको छ ।