पाकिस्तानी क्रिकेटर उमर अकमल ३ वर्षे प्रतिबन्धमा
बैशाख १६, २०७७
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले उमर अकमललाई तीन वर्षको प्रतिबन्ध लगाएको छ । उमर अकमल भ्रष्टाचारसम्बन्धी काममा संलग्न रहेको भन्दै पीसीबीले उनलाई तीन वर्षको प्रतिबन्ध लगाएको हो ।
उनले एक सय २१ एकदिवसीय तथा ८४ वटा टी–२० खेलेका छन् । उनले पछिल्लो समय सन् २०१९ मा अस्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट खेलेका थिए ।
यो सिजनको पाकिस्तानी सुपर लिग (पीएसएल) को सुरुमै फिटनेस टेस्ट गर्दा अकमल प्रशिक्षकसँग विवादमा परेका थिए । पहिला पनि तत्कालीन प्रशिक्षक मिकी आर्थरसँग विवाद भएपछि उनी क्याम्पबाटै आउट भएका थिए ।