मायाको सरकार ( गजल )

बैशाख २५, २०७७


नारायण वली

बाह्य शक्ति आउन सक्छ प्रखाल लगाउछु।।
यो मायामा कहिले नढल्ने सरकार बनाउछु।।

अविश्वासको प्रस्ताव हालि टायर बाल्यौ भने
नाका बन्द गर्छु कार्यकारी शासन चलाउछु।।

बहुमतको कदर हुन्छ भन्दै चुनाव लड्न गए
पिरतीको संबिधानले दिलमा कानुन बनाउछु।।

म बनौला असल तिम्रो पति तिमी बन्नु श्रीमती
पीरतीको हाङ्गा फूल्ने सुन्दर घरबार बनाउछु।।

माथि हुनेछ पिरतिको गमला राख्न कौसी
मायलुले आगनमा घाम ताप्ने दरबार बनाउछु।।