बानी फरक छ…

जेठ २०, २०७७


राजाराम पौडेल
तिम्रो सोच मेरो सोच धेरै फरक छ
हिड्ने बाटो एउटै गन्तव्य फरक छ ।

तिमी खोज्छौ ऐस आराम नगरेरै काम
म खोज्छु दुःख गर्न भन्दिन झरी घाम ।

तिमी हेर्छौ जतिबेलानी आफ्नो मात्रै हित
म हेर्छु सबैको स्वार्थ बल्ल पो हुन्छ जित ।

तिम्रो लक्ष्य मेरो लक्ष्य कति फरक छ
बोल्ने हैन काम गर्ने शैली फरक छ ।

तिमी भन्छौ अरूलाई सहयोग गर्नु हुन्न
म भन्छु सहयोग गरे भोको मानिस रुन्न ।

तिमीलाई पिर कसरी अरुलाई तल झार्ने
मलाई पिर जीन्दगीको दुःख कसरी टार्ने।

सके तान्न खोज्ने तिम्रो बानी फरक छ
सके बाड्न खोज्ने मेरो बानी फरक छ।