कोरोनाको संकट (कबिता)

जेठ २०, २०७७


नारायण वली

कोरोणाको कहर आयो, बारी बारी डुल्दै त्यो।।
राम्रो फूल मान्दैन त्यो, सबै जगतमा फैलियो ।।
अस्त्रतस्त्र सर्वत्र फैलियो,दुनियाँ गाउँ शहरमा।।
मच्चियो हाहाकार यहाँ,महामारीको रोधनमा।।

मान्छे किन झुक्यो,विज्ञान कहाँ चुक्यो आज।।
छेदबेद बनायो कि कतै,मच्चिएर जगत आज।।
जेट उडाउने यो,विज्ञान कतै मर्यो कि रोईकन।।
हासि मर्ने ज्ञान जति,अछुत उपाय खोजिकन।।

उग्र हुन्छ कि कतै,अझै लिएर ठूलै संकट।।
बिछाउदै रातो कार्पेट,घुस्छ कि हाम्रो आगन।।
टेकेर सबका पाउले,एकान्त कुनाको पथमा।।
होस गरे बाचिन्छ,छुदैन काल कसैको महिमा।।

हजारौं हजार जनहरु,रुदै परेका छन थला।।
अछुतो भएन कुनै देश,संकट आउने बेला।।
केट जेट रकेट बनेका हुन,चन्दमा उख्लिन।।
युद्ध गर्न तम्सिने मान्छे,भाईरसले भाग्यो किन।।

के रैछ र यो अच्चम,अदृश्य शक्ति भाईरसमा।।
हात नमिलाई नमस्ते,बेरिनु हुदैन अंगालोमा।।
साबुनपानी, सेनिटाईजरले हात धुनु जरुर छ।।
भेटघाट त बन्द,भिडभाड नगरिकन बस्नुपर्छ।।

मच्चिदैछ दुर दसा आज, विज्ञान थाक्यो किन।।
एकान्त बाँस बस्छ जो, उहीँ स्वाभिमानी जन।।
घोर अन्योल छ अझै,बिरामी बन्दैछ दिन दिन।।
मान्छे किन बुझ्दैन,कोरोणा भनी छ खतरा झन।।