जुगजुगसम्म संझन सक्ने फिल्म के नेपालमा बनेको छैन ?

असार ०५, २०७७


असार ५, नेपाली चलचित्र बजारमा केही दिनयता परिवारवादको बिषय हाबी छ । परिवारवादको बिषय हाबी भैरहँदा निर्देशक दीपेन्द्र लामाले लेखे – नेपालमा जुगजुगसम्म बाँचिरहने फिल्म बन्ने भए पो कलाकारहरु पनि अमर रहिरहने संभावना हुन्छ । त्यो हैसियत नेपाली फिल्मको छैन । दीपेन्द्रले परिवारवादको बिषय चर्चामा आएपछि यो प्रसंग उठाए । तर, यो बिषयले अहिले चलचित्र क्षेत्रमा बहस खडा गरिदिएको छ ।

दीपेन्द्रको यो भनाइ निर्देशक निश्चल बस्नेतलाई मन परेन । उनले दीपेन्द्रको यो भनाइसँगै सहमत हुन नसकेको विचार राखे । जसमा दीपेन्द्रले त्यस्तो कुनै चलचित्रको नाम भए भन्न आग्रह गरे । उनले विश्वकै उत्कृष्ट हजारमा पर्न सक्ने सदाबहार चलचित्र चाहियो भनेर जवाफ दिए । निश्चलले यसको जवाफमा लेखे–‘माइतिघर देखि छ माया छपक्कै सम्म आइपुग्दा सबै हैसियत बिनाकै चलचित्र हो त ?

निश्चलको यो प्रश्नमा दीपेन्द्रको जवाफ यस्तो छ – नेपालको सन्दर्भमा राम्रै हो भनेर चित्त वुझाउनुपर्छ । निश्चललाई अझै दीपेन्द्रको जवाफ चित्त वुझेन । उनले सोधे – तपाई तपाइले भनेको जस्तो चलचित्र बनाउने कि नबनाउने त दाई ? नेपालको लागि ठिकै हो भन्न नपर्ने खालको ।’ यसमा दीपेन्द्रले आफूसँग यस्तो चलचित्र बनाउने सामाथ्र्य नभएको बताए ।

दुई निर्देशकले नेपाली चलचित्रमा हिट चलचित्र दिएका छन् । दीपेन्द्रले निर्देशन गरेको ‘छ माया छपक्कै’ र निश्चलले निर्देशन गरेको ‘लुट’ सफल र समिक्षागत रुपमा पनि रुचाइएको चलचित्र मानिन्छ । तर, के दीपेन्द्रले भने जस्तै यूगौयूग संझने खालको चलचित्र नेपालमा बनेकै छैन त ?