आकाशको डेब्यु फिल्म ‘पन्छी’ अब युट्युवमा

असार ०५, २०७७


करिब दुई दशक अगाडि निर्माण भएको सुपरहिट फिल्म ‘पन्छी’ युट्युबमा आउने भएको छ । फिल्मका निर्माता तथा निर्देशक आकाश अधिकारीले फिल्म शुक्रबार (आज) साँझबाट युट्युवमा ल्याउन लागेका हुन् । दर्शकको चाहनाअनुसार फिल्म १९ वर्षपछि युट्युवमा ल्याउन लागेको निर्देशक आकाश अधिकारीले बताए ।

राजेश हमाल र करिश्मा मानन्धरको मुख्य भूमिका रहेको ‘पन्छी’ विसं २०५८ को जेठमा प्रदर्शनमा आएको थियो ।

निर्देशक आकाश अधिकारीले नायकमा डेब्यु गरेको फिल्ममा राजेश र करिश्माको अलवा शिव श्रेष्ठ, शर्मिला मल्ल, पूजा चन्द, टीका पहाडी लगायतको पनि मुख्य भूमिका रहेको छ ।