‘कालुराम’ बनाउदै निर्देशक दिनेश

असार ०५, २०७७


कोरोनाको कहरका कारण विश्वमा त्रास फैलिएको छ । नेपाल सरकारले पनि कोरोनाको कारण केही महिना लकडाउन गरेको थियो । यो बिस्तारै खुकुलो हुने अवस्थामा छ ।

लकडाउन खुलेसँगै नेपाली फिल्म क्षेत्र पनि चलायमान हुने अवस्थामा छ । फिल्म रिलिजका लागि अझै केही समय लाग्ने देखिए पनि निर्माता, निर्देशक र कलाकार भने छायाँकनमा निस्कने सुरसारमा छन् ।

‘द मोस्ट वान्टेट’ फिल्मका निर्देशक दिनेश पौडेल पनि अहिले नयाँ फिल्म ‘कालुराम’ छायाँकनको तयारी छन् । लेखन कार्य अन्तिम चरणमा रहेको फिल्मको तीन गीत समेत रेकर्ड भैसकेको छ ।

फिल्मका लागि केही कलाकार छनौट भएको छ भने केही छनौटको क्रममा निर्देशक पौडेलले बताए । उनले भने ‘केही समयमै सबै कलाकार छनौट सकेर फ्लोरमा निस्कने छौँ ।’

समसामयिक प्रेमकथाको बिषयमा बन्ने फिल्म कमला ढकालले निर्माण गर्न लागेकी हुन् ।