लोकेसन खोज्दै निर्देशक मिलन

असार ०७, २०७७


नेपाली चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ पक्का छैन । तर, लक डाउन खुकुलो भएसँगै चलचित्रकर्मी फेरि तात्न थालेका छन् ।

निर्देशक मिलन चाम्स यतिबेला नयाँ चलचित्रको छायांकनका लागि लोकेशन हन्टिङमा निस्किएका छन् ।

उनले लक डाउन खुलेसँगै नयाँ चलचित्रको छायांकन गर्ने गरि काम गरिरहेको सुनाए । उनी, चलचित्रको लोकेशन हेर्नका लागि चितवन पुगेका हुन् । चितवनमा लोकेशन पक्का गरेपछि आफू दमौली पुगेको उनले सुनाए ।

मिलनका अनुसार, यो चलचित्रको छायांकन २० प्रतिशत नेपाल र बाँकी मलेसियामा हुनेछ ।

मिलनले चलचित्र ‘गोर्खा वारियर’ बनाउने तयारी गरेपनि अहिले तत्काल अर्को प्रोजेक्टमा काम गर्ने सुनाए ।