“बिच बिचमा २” गीतको लय कटुवालको गीतसंग मिल्दो

असार १८, २०७७


दाङ।तुलसीपुर
नबराज जि.एम्.
कोरोनाका कारण नेपालमा अहिले लकडाउन जारी छ । अरुबेला जस्तो हुथ्यो भने यति बेला नेपाली कलाकारहरु व्यस्त रहने समय हो । नेपाली हिन्दु नारीको पर्व तिजलाई लक्षित गरेर कलाकारहरु नयाँ खाल गितहरु ल्याउन लागीपरिरहेका छन् ।

गत वर्ष गायक तथा मोडल दुर्गेश थापाले बजारमा ल्याएको गित “बिच बिच”मा लाई अत्याधिक रुचाईयो । यहि गितका कारण पनि उनी झन् डिमाण्डेड कलाकार बन्न पुगे ।

गत वर्ष उनको गित टिकटक देखि कुनै पनि मेला महोत्सवमा बज्न छोडेन । यूवा युवतीहरु माझ त यो गित अति नै लोकप्रिय बन्न पुग्यो ।

अहिले भर्खरै मात्रै उनै दुर्गेशले नयाँ “बिच बिचमा २” नाम दिएर गित बजारमा ल्याएका छन् । तर यो गितमा गायक प्रकाश कटुवालको गित “ओठमा लाली”को लय सँग मिल्दो छ।

गायक प्रकाशको गीत अलिक छिटो रहेको छ भने दुर्गेशको गीत अलिक ढिला रहेको छ । त्यति मात्र फरक छ । नत्र सुन्दा उस्तै सुनिन्छ ।

पछिल्लो समयमा बिवादित गितहरु चल्ने गरेका कारण दुर्गेशले जानी जानी यसो गरेका हुन् कि संयोगवस यसो हुन पुग्यो यो त उनै दुर्गेशले जानुन् । तर कसैको सिर्जना सँग मिल्न जानु भनेको राम्रो भने पक्कै हैन ।