कोरोनामुक्त भए अमिताभ बच्चन

साउन १८, २०७७


१८ साउन, काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले आफैं फेसबुकमार्फत आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।

बच्चनका अनुसार उनी अब केहीसमय आफ्नै घरमा आइसोलेसनमा रहनेछन् । कोरोना संक्रमण देखिएपछि बच्चन मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए ।

उनीसँगै छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोरोना देखिएको थियो । अहिले सबैजना संक्रमण मुक्त भएका छन् ।