अभिनेता समिर शर्माले गरे आत्महत्या

साउन २२, २०७७


‘ये रिश्ता हे प्यार के ’ टेलिश्रृङ्खालाका अभिनेता समिर शर्माले मुम्बईस्थित आफ्नो घरमा आत्महत्या गरेका छन् । ४४ वर्षका समिर शर्मालाई बुधबार राती मलाड पश्चिममा अहिंसा मार्गस्थित नहा सिएचएस बिल्डिङमा आफ्नो घरमा झुण्डिएको अवस्थामा फेला पारिएको हो ।

मलाड प्रहरीका अनुसार समिरले यसै वर्ष फेब्रुअरीमा अपार्टमेन्ट भाडामा लिएका थिए । रातीको ड्युटीमा खट्ने क्रममा चौकीदारले शव देखे र वरिपरिका मानिसलाई जानकारी दिए । शवको स्थिती हेर्दा प्रहरीले अभिनेताले दुई दिनअघि नै झुण्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरेका छन् ।

समिरले दिल क्या चाहता हे बाट टिभीमा डेब्यू गरेका थिए । उनी कहानी घर घरकीमा पनि देखिएका थिए ।