कलाकार दमन रुपाखेती १४ वर्षीपछि ‘मेरी बास्सै’मा

भदौ ०२, २०७७


भदौ २, कलाकार दमन रुपाखेती हास्य टेलिश्रृ‌ंखला ‘मेरी बास्सै’ मा फर्किएका छन् । उनी १४ वर्षपछि ‘मेरी बास्सै’ श्रृंखलाको निर्देशक तथा कलाकारको रुपमा फर्किएका हुन् । उनले नै यसको सुरुआत गरेका थिए । उनी ८० श्रृंखला निर्देशन गरेपछि बाहिरिएका थिए।

‘मेरी बास्सै’ लाई अझ गुणस्तरीय र मनोरञ्जनात्मक बनाउन फर्किएको उनले बताएका छन् । अहिले पुरानै शैलीमा काम हुने र केही समयपछि नयाँ शैली अपनाइने उनले बताएका छन् । दमनको पुनरागमनसँगै सोमबार साँझबाटै उनलाई ‘मेरी बास्सै’मा देख्न सकिनेछ । यो कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।