डिजिटलाईज्ड हुदै सिनेमा… नाजुक अवस्थामा थिएटर हल

भदौ १४, २०७७     शर्मिला डि.सी.


नेपाली चलचित्र उद्योग पछिल्लो अवस्थामा डिजिटलाईज्ड हुदै गएको छ । कोेरोहा कहरका कारण पनि यतिवेला सिनेमा प्रदर्शन गर्ने नयाँ शैलिहरुको अभ्यास भईरहेको छ । अव सिनेमाहरुको छायाँकन कहिले देखि हुने ? कहिले देखि सिनेमा हलहरु खुल्ने ? केहि अत्तो पत्तो छैन । जसले समग्र नेपाली चलचित्र उद्योगलाई प्रभावित तुल्याएको छ । के निर्माता–निर्देशक,के कलाकार के प्राविधिक,के वितरक,के सिनेमा हल संचालक सबैलाई यतिवेला उत्तिकै चुनौति भईरहेको छ । चुनौतिको सामाना गरिरहेकाहरु मध्ये यतिवेला हल संचालकहरु पनि अग्रणी स्थानमा छन् । अझ विस्तारै विस्तारै प्रविधिसंग नेपाली चलचित्र उद्योग खेल्दै गईरहेको छ । जसले गर्दा चलचित्र डिजिटलमय हुदै छ भने थिएटर सिनेमाहलहरुको अवस्था नाजुक भएको छ । यो आलेखमा विशेष गरी दाङ जिल्लामा संचालनमा आएको हलहरुको अवस्थाको वारेमा चित्रण गर्न खोजिएको छ ।

कुनै समय अत्यधिक चर्चामा रहेको दाङको सवै भन्दा पुरानो (पहिलो) सिनेमा हल निमा चलचित्र हल अहिले सुनसान वनेको छ । विसं २०४२ सालमा दाङको घोराहिमा ६५ लाखको लगानिमा पहिलो पटक निमा चलचित्र हल सञ्चालनमा आएको थियो । दङगालीवासी साथै आसपासका जिल्लावासीहरुको माग लाई मध्येनजर गर्दै पहिलो पटक दाङको घोराहिमा सो हल सञ्चालनमा आएको हो । हलले केहि वर्ष धेरै राम्रो चर्चा समेत वटुलेको थियो भने आम्दानी पनी समय अनुसार राम्रै गर्न सफल भएको थियो । ४ सय ४९ सिट क्षमता भएको हलमा चलचित्र हेर्ने दर्शकहरुको निकै भिड हुनेहुदा दर्शक लाई मध्येनजर गर्दै शनिवार ४ सो र अन्य दिन ३ सो सम्म चलचित्र सञ्चालन गर्ने गरेको हल सञ्चालक सन्तोष रेग्मीले स्मरण गरे । पहिले १०० मा १०० प्रतिशत सफल भएका सिनेमा सिनेमा हल अहिले २० प्रतिशतमा झरेका छन त्यो पनी अझ राम्रो चलेको भन्नु पर्दा दुःखका साथ रेग्मीले भने अहिले प्रविधिको विकास पनी भयो सवैको हात हातमा मोवाईल, ल्यापटप, कम्प्युटर छ त्यसमा पनी सवै उच्च क्वालिटीको डिजिटल सिस्टम आईसक्यो यसकारण पनी चलचित्र हल ओझेलमा परेको उनले गुनासो गरे ।

त्यसैपनी पछिल्लो समय सेलाएका सिनेमा हल कोरोना सङक्रमण संगै झनै ठप्प भएका छन । यसले आफुहरु झन मारमा परेको हल सञ्चालकहरु वताउँछन । ५ जना कर्मचारी रहेको निमा हलमा कर्मचारी को तलव, विद्युत्, टेलिफोन सहित मासिक करिव ७० हजार खर्च हुने गरेको रेग्मीले वताए । कोरोना सङक्रमण संगै भएको वन्दावन्दीका कारण हलवन्द भएसंगै सवै कर्मचारी विदामा रहेको छन । व्यापार सवै वन्द छ कहिले सम्म हो त्यो पनी थाहा छैन त्यो कारण पनी विदामा वसाउनु पर्ने हाम्रो वाध्यता हो रेग्मी ले भने स्वास्थ्य नै ठुलो कुरा हो वाँचे न व्यापार गर्ने हो उनले भने । त्यसैपनि पछिल्लो समय सेलाएका सिनेमा हलहरु कोभिडका कारण अहिले पुर्ण रुपमा प्रभावित भएका छन । यहि अवस्था रहिरहे सिनेमा हलको लगानि संकटमा पर्ने देखिन्छ । कोरोना सङक्रमण संगै हलहरु फागुन मसान्तदेखी प्रायः ठप्प भएका छन । यसले आफुहरु झनै मारमा परेको हल सञ्चालकहरु वताउँछन । यस्तै चर्चामा रहेको गणेश चलचित्र मन्दिरको पनि अवस्था उस्तै छ ।

२०४५ सालमा घोराहि मै सञ्चालनमा आएको गणेश हलले कुनै समय सोचे अनुरुपको व्यापार गर्न सफल भएको थियो भने हरेक नागरिकको मनमनमा वस्न सफल चलचित्र हल पनी मानिन्छ । पहिले पहिले नेपाली माटो सुहाउदो चलचित्र निर्माण हुने गरेका कारण पनी सफलता मिलेको हलका प्रवन्धक चेतन कोईरालाले वताए । उनका अनुसार कुनै समय नयाँ चलचित्र आउनै नहुने दर्शकको चाप थेकि नसक्नु हल अहिले सुनसान हुँदा दुख लाग्ने गरेको वताए । अहिले चलचित्र पनि राम्रो खालका कमै निर्माण हुने गरेकोले यसको असर हलमा पर्न गएको र व्यवसाय प्रती खासै सन्तुष्ट हुने अवस्था नरहेको र व्यवसाय नै धरासायी हुने अवस्था छ उनले भने । ५ सय १० सिट क्षमता भएको गणेश चलचित्र हल मा जम्मा ६ जना कर्मचारी रहेको र हालको लागी सवै विदामा रहेको उनले वताए । कर्मचारीमो मासिक तलव सहित हलमा मासिक २ लाख खर्च हुने गरेको र अहिले आफुहरु झन मारमा परेको कोईरालाले वताए ।

यसैविच तुलसिपुर क्षेत्रको पहिलो र चर्चित ओमशान्ति सिनेमा हलको पनी राम्रो चर्चा थियो । तर पछिल्लो समय हल सञ्चालक प्रतिष्ठित व्यापारी भएको सो हलमा सञ्चालन हुने हरेक सिनेमाले कुनै समय सोचे भन्दा राम्रो सफलता प्राप्त गर्ने गरेका थिए । लामो समय सम्म सञ्चालनमा आएको ओम शान्ति सिनेमा हाल लाई प्राविधिक कारण वस केहि समय अगाडी देखी वन्द रहेको छ । यसमा सुरुवातीमा काम गर्नेहरु अहिले प्रतिष्ठित व्यापारी भईसके तर हल कमजोर भएको छ । तुलसिपुर मै रहेको अर्को पुरानो सफल चलचित्र हल विष्णु चलचित्र हलले पनि कुनै वेला आम दर्शकको राम्रो साथ पाएको थियो भने व्यापार पनि सोचे भन्दा राम्रो हुने गरेको थियो । हलमा पहिलेको तुलनामा अहिले न्युन दर्शक आउने गरेको हलका प्रवन्धक रमेश पोख्रेलले वताए ।

यस्तै लमहिमा रहेको सत्यसाई सिनेमा हल, भालुवाङमा रहेको जयभोले र नारायणपुरमा रहेको महाँलक्ष्मी चलचित्र मन्दिर को समस्या पनि कम छैन । खर्च वढी हुने व्यापार कम हुने गरेका कारण पनि आफुहरु मारमा पर्ने गरेको हल सञ्चालकको गुनासो छ । पछिल्लो समय ठुलो लगानीमा सञ्चालनमा आएका २ हल पछिल्लो समय दाङको घोराहिमा करिव ३ करोडको लगानीमा २ वर्ष पहिले सञ्चालनमा आएको मनकाँशी सिने कम्प्लेक्स हल वन्द हुँदा आफुहरु निकै मर्कामा परेको सञ्चालक सुनिल राजभण्डारीले वताए । नयाँ आधुनिक सुविधा सम्पन्न हल भएको हुदा लगानि वढी भए पनि सञ्चालन भएको ४, ५ महिना पछि वाट हलले राम्रो व्यापार गरेको वताएका राजभण्डारीले विकल्पमा सामाजिक दुरी कायम गरि स्वास्थ्य सामग्रिको प्रर्योगमा हल सञ्चालन गर्न सकिने वताए ।

कोरोना कहर कहिले सम्म हो भन्न नसकिने अवस्थामा व्यवसाय लाई निरञ्तरता दिन सके राम्रै हुने उनको प्रतिक्रिया छ । लगानि धेरै लगायौ अहिले ठप्प छ भवन भाडामा छ कर्मचारी वेरोजगार भईसके खर्च वढि छ उनले गुनासो गरे । सरकारले कम्तिमा पनि कर ,विद्युत टेलिफोन छुट गरिदिए सहज हुने उनले वताए । १२ जना कर्मचारी रहेको सो हलमा अहिले २ जना मात्र रहेको र अन्य विदामा रहेको पनि उनको भनाई छ । यस्तै करिव डेढ करोडको लगानिमा घोराहिमै निर्माण गरिएको स्वर्गद्धावारी सिनेमा हलको मर्का पनि त्यस्तै भएको प्रवन्धक चेतन कोईरालाले वताए । यो वेलामा केहि भन्न नसकिने वताउदै उनले भने पर्ख र हेरको अवस्थामा छौ त्यसैको प्रतिक्षामा छौ । एकदिन अवश्य पनि चलचित्र क्षेत्र पुरानै अवस्थामा सहज हुने छ उनले भने ।

चलचित्र क्षेत्रमा इतिहाँस कै ठुलो धक्का : पुर्व अध्यक्ष गिरी

अहिलेको समयमा चलचित्र क्षेत्रमा इतिहाँस कै ठुलो धक्का लागेको चलचित्र विकाश वोर्डका पुर्व अध्यक्ष अमर गिरीले वताए । गिरीले अन्य क्षेत्र भन्दा चलचित्र र चलचित्र हल वढी मारमा परेको वताउदै यसको क्षतीपुर्तिको सवालमा सरकार संग वसेर छलफल गर्न आवश्यक रहेकोमा जोड दिए । उनले भने यो अवस्थामा विकल्प खोजेर हल सञ्चालन गर्नु पनि उत्तिकै जोखिम छ असर दिनानु दिन परिरहेको छ । फरक प्रसंगमा गिरीले पहिलेको तुलनामा अहिले राम्रा र गुणस्तरिय चलचित्र एकदमै कम मात्रामा निर्माण हुने हुँदा हलमा दर्शकको उपस्थिती न्युन हुने गरेको वताए । चलचित्र हेर्नकोको लागी विभिन्न खालका प्रविधि भित्रिए पनि यसको महत्वमा कमि नआएको वताएका गिरीले जसका लागी नागरिकले रुचाउने खालका राम्रा चलचित्र वनाउन आवश्वक भएकोमा जोड दिए ।

यसैविच चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनले संघ,प्रदेश र स्थानिय सरकारहरुले सिनेमा हलहरुलाई पनि केहि सम्वोधन गरे राम्रो हुने बताए । राहतका प्याकेज अन्तर्गत सिनेमा हलहरुले यो संकटमा पनि व्यहोर्दै आएको विद्युत,खानेपानि,संचार लगायतको महशुलमा केहि सहुलियत दिन सकियो भने सिनेमा हलहरुलाई थोरै भएपनि राहतको महशुष हुने उनले बताए । अव सम्वभतः पुरानै अवस्थामा दर्शकहरु सिनेमा हलमा जानको लागि कम्तीमा पनि एक वर्ष जति लाग्न सक्ने भएकाले सिनेमाहलहरु अत्यन्तै नाजुक अवस्थामा पुग्न सक्ने उनले बताए । तसर्थ सरोकारवालाहरुले सिनेमा हलहरुलाई पनि विशेष चासोको रुपमा हेरेर उच्च प्राथमिकताका साथ राहतका प्याकेज ल्याउनुपर्ने उनले बताए ।

चलचित्रका हल सञ्चालकको पिडा कसले वुझ्ने सवैको समस्या उस्तै हो यसतर्फ अलिकती भएपनि राज्यले सोच्न जरुरी छ उनले भने । नेपालमा पहिलो नेपाली चलचित्र आमा रिलिज भएपछिको ६० वर्ष पुरानो चलचित्रको इतिहाँस विभिन्न चरण पार गर्दै यहाँ सम्म आइपुगेको सरोकारवालाहरु वताउँछन । एक दशक २०५० देखि ६० सम्म निकै चर्चा पाएको चलचित्र क्षेत्र पछि विस्तारै ओरालो लाग्दै गएको पाईन्छ । त्यसैले यसको संरक्षण र संम्वद्र्धनका लागी सवैको ध्यान जान जरुरी छ ।

लेखक नेपाल पत्रकार महासंघ दाङ शाखाको सह–सचिव हुनुहुुन्छ

लेखकको वारेमा थप जानकारी लिन तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/sarmila.dc.7