निशान र सोनीकाको ‘आटो पिठो’ मा पल र एलिजा (भिडियो)

भदौ १६, २०७७


काठमाडौं – गायक निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । गायक निशान भट्टराई र गायिका सोनिका लामाको स्वरमा ‘आटो पिठो’ बोलको गीतको भिडियो सोमबार युट्युबमा सार्वजनिक भएको छ । 

गीतमा दीपक शर्माको शब्द, संगीत रहेको छ भने गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् । भिडियोमा चर्चित अभिनेता पल शाह र अभिनेत्री एलिजा गौतमको अभिनय रहेको छ । 

गीतको भिडियोलाई रामकुमार केसीले छायाँकन र टेकेन्द्र शाहले सम्पादन तथा निर्देशन गरेका हुन् । भिडियोमा मोडल गम्भिर बिष्टको कोरियोग्राफी रहेको छ ।