श्वेता ‘हुर्रे’ निर्देशकको फिल्मबाट कमब्याक हुँदै

भदौ १६, २०७७


नायिका स्वेता खड्काले केही बर्षपछि नयाँ चलचित्रमा काम गर्ने तयारी गरेकी छिन् । उनले, निर्देशक यम थापाले निर्देशन गर्न लागेको चलचित्रमा काम गर्न लागेकी हुन् । नायिका खड्काले यो बिषयमा भनिन्–‘उहाँले पहिले मलाई एउटा अतिथी भूमिकाका लागि अफर गर्नुभएको थियो । मैले त्यो चलचित्र गर्दिनँ भने । यसपछि, नयाँ कथा सुनाउनुभयो । मलाई कथा निकै मन परेपछि, काम गर्छु भनेकी छु ।’

स्वेताले चलचित्रमा आफ्नो भूमिका भने खुलाउन नमिल्ने बताइन् । स्वेताका अनुसार, उनी आफैले पनि एउटा चलचित्र निर्माण गर्ने तयारी थालेकी थिइन् । तर, लकडाउन भएपछि तत्काल सो प्रोजेक्ट रोकिएको छ । यसैले, उनी यम थापाको चलचित्रमा काम गर्ने तयारीमा छिन् ।

चलचित्र ‘हुर्रे र राज्जा रानी’ निर्देशन गरेपछि यमले नयाँ चलचित्र निर्देशनको तयारी गरेका हुन् ।