सिर्जुको अहिलेसम्मकै उत्कृष्ट गित ‘खोला खाल्सी हे माया’ सार्वजनिक (भिडियो सहित)

असोज १३, २०७७     सम्पूर्ण कुरा


चर्चित गायिका तथा मोडेल सिर्जु अधिकारीको अहिलेसम्मकै उत्कृष्ट नयाँ लोक दोहोरी गीत ‘खोला खाल्सी हे माया’ सार्वजनिक भएको छ । लोकप्रिय कलाकार अमृत खातीको संगीत तथा बिक्रम जंग शाहको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो S3K Entertainment को Official युट्युब मार्फत सार्वजनिक भएको हो ।

भिडियो काभ्रे जिल्लाका रमणीय ठाउँमा गएर छायाँकन गरिएको छ । भिडियोमा कमल सौरागको एरेन्ज,सागर गौतमको छायांकन,मनोज कार्कीको सम्पादन गरेका छन । जुन गितको भिडियोलाई शिशिर बुढाथोकीले निर्देशन गरेका हुन ।

उक्त गितमा बिक्रम जंग शाह सहित सांगीतिक क्षेत्रमा निकै नै लोकप्रियता कमाएका दर्जनौ भन्दा बढी कलाकारको अभिनय गरेका छन । जसमा बिक्रम जंग शाह, सिर्जु अधिकारी, सन्जिब ठकुरी, रिना थापा, रामकुमार नेपाली, सन्ध्या सानु, सुबास बजगाईं, उषा सुबेदी, बिनोद तामाङ्ग, ऋतु तामाङ्ग, राज गिरी, मालती घले, बिबस बस्नेत, वर्षा तामाङ्ग, गोबिन्द गौतम, सलिना कार्की, अमृत खाती र आशिका खातीको अभिनय देख्न सकिन्छ ।


भिडियो हेर्नुहोस ।

https://youtu.be/r7QwTp_6cVA