दया र लक्ष्मीको ‘सुनन’

मङि्सर १७, २०७७


गायक तथा संगीतकार हरि लम्साल र गायिका मेलिना राइको स्वरमा ‘सुनन’ बोलको गीत सार्वजनिक भएको छ । ‘परानै दिन्छु भाग २’ को रुपमा तयार पारिएको यो गीतमा प्रल्हाद शाहको शब्द, हरि लम्सालको संगीत छ ।

यो गीतको भिडियोमा नायक दयाहाङ राई र नायिका लक्ष्मी वर्देवालाई फिचरिङ गरिएको छ । गाउँ घरमा पानी घट्टामा अन्न पिस्न जाँदा यूवा यूवतीविच हुने आकर्षण र प्रेमको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा उत्तम हुमागाँइको छायांकन, विकास धमलाको सम्पादन छ ।