संवैधानिक इजलासमा न्यायाधीश सपना प्रधान मल्ल

पुष २९, २०७७


पुस २९, संसद् विघटनविरुद्धको मुद्दा हेर्न संवैधानिक इजलासमा न्यायाधीश सपना प्रधान मल्ल थपिएकी छिन्। बुधबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलासमा न्यायाधीश मल्ललाई थपेका हुन्।

यस अघि संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने घोषणा गरेका थिए। पाँच जनाको संवैधानिक इजलासमा उनको ठाउँमा प्रधानन्यायाधीश जबराले न्यायाधीश मल्ललाई राखेका हुन्। अब संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसी रहेका छन्।

आज संवैधानिक इजलासमा संसद् विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुने भएको छ। आजको सुनुवाइका लागि प्रधानन्यायाधीश जबराले न्यायाधीश मल्लसहितको संवैधानिक इजलास गठन गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएका थिए। त्यसका विरुद्ध १४ वटा रिट परेका छन्। सबै रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ थालिएको छ।

यसअघि पुस २२ गते सुनुवाइ भएको थियो। त्यस आज अर्को सुनुवाइ तोकिएको हो। पुस १० गतेको संवैधानिक इजलासले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई संसद् विघटन गर्नुको कारण पेश गर्न आदेश दिएको थियो। दुवै कार्यालयले पुस १९ गते लिखित जबाफ पेश गरिसकेका छन्।