गजल

असार ११, २०७८     सहयात्री क्षेत्री


उदघाट्नमा आउँछ, या सकिदा सारमा आउँछ ।

उ अभियनता हाे, पिडित भेट्न कारमा आउँछ ।।

थाहा छैन कता पुगेछ त्याे समृद्विकाे तिम्राे यात्रा ।

पेशा, राेजगार र अवसर बजारमा आउँछ ।।

उ भन्छ, जलस्राेतमा अत्यन्तै धनी छ मेराे देश ।

जहाँ विद्युत छिमेकीकाे र पानी जारमा आउँछ।।

मन्त्री ज्यू कहाँ यस्ताे विकासकाे कुरा गरिरहेकाे छाेड्नुस ।

धेरै कमिसन त ब्यापारमा आउँछ।।

हाम्राे खुसी पनि कति अस्थिर भएछ जिवनमा गईहाल्छ ।

छिट्टै फर्कनेगरी हतारमा आउँछ ।।