विकाश, समृद्धि र सुसासनमा प्रतिवद्ध छु: प्रमुख जिल्ला अधिकारी

असार २१, २०७८     शरद रेग्मी


तुलसीपुर, २१ असार । भर्खरै सरुवा भएर दाङ आएका प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङले विकाश, समृद्धि र शुसासनकालागी आफु प्रतिवद्ध रहेको बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्यसंघले सोमवार आयोजना गरेको स्वागत कार्यक्रममा उहांले जिल्लाको समग्र विकाशको नेतृत्व गर्ने पनि बताउनु भयो ।

स्वागत कार्यक्रममा बोल्दै उहांले राजनितिक संस्थाहरुले योजना तथा बजेट ल्याउने तथा त्यसलाइ कार्यान्वयन गर्न आफुले अर्थपुर्ण भुमिका निर्वाह गर्ने पनि बताउनु भयो । आफु प्रशासक मात्र नभएर राष्ट्रसेवक पनि भएको बताउंदै उहांले जिल्लाको समग्र विकाश निर्माणको नेतृत्व गर्ने पनि बताउनु भयो । ‘पत्रेखोलामा समस्यै थिएन, तर कसले काम गर्ने भन्नेमा मात्र समस्या थियो, त्यसमा समन्वयकारी भुमिकाको अभावले नागरीकले दुःख पाउनुपर्ने अवस्था आयो’, तर समन्वय भएपछि त समाधान भयो नी’, प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले भन्नुभयो ।

स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख शुरेश प्रसाद काफ्लेले आफुले नागरीकको सुरक्षासंगै व्यवसायीक सुरक्षाका सवालमा गम्भीर भएर काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । ‘हामी सुन्य टोलरेन्स र फ्रि अफ कष्टमा जनतालाइ सेवा दिन चाहन्छौं’, प्रहरी प्रमुख काफ्लेले भन्नुभयो, अपराध न्युनिकरणकालागी तपाइको सुचना महत्वपुर्ण हुने छ । उहांले सुचना दिने जुनसुकै नागरीकको नाम प्रहरीले गोप्य राख्नेमा पनि विश्वस्त हुन आग्रह गर्नुभयो ।

आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले प्रमुख जिल्ला अधिकारीलाइ प्रशासकको मात्र नभएर उपभोक्ताको समेत भएको बताउंदै यहांको समग्र विकाशका सवालमा काम गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहकार अनुप कुमार श्रेष्ठले पछिल्लो समयमा दाङ जिल्लामा गैरआवाशिय मुस्लीम समुदायको उपस्थीति बढिरहेको तर्फ सुरक्षा निकायको ध्यानाकर्ष गराउंदै त्यसमा गम्भीर हुन आग्रह गराउनुभएको थियो ।

सो कार्यक्रममा विषय प्रवेश गराउंदै तुलसीपुर उद्योग वाणिज्यसंघका पुर्व अध्यक्ष विमल रिजालले तुलसीपुर क्षेत्रको समग्र सुरक्षामा विशेष ध्यान दिएर यहांको व्यवसायीक सुरक्षामा गम्भीर हुन आग्रह गर्नु भएको थियो । कार्यक्रममा सल्लाहकार मिनराज वली र रासास प्रमुख नारायणी रजौरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संघका प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो ।