थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

असार २१, २०७८


असार २१, पछिल्लो २४ घण्टामा २६२२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ७४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १७४५ र ४२८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २६२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने २२११ जना संक्रमणमुक्त भएका छन् ।