हामी बलियो बन्दैछौ,केपी घेरामा परिसके : प्रचण्ड

असार २३, २०७८


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका पक्षमा दृढ रहेर नेताहरूलाई आन्दोलित गराइराख्न युवा विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । बुधबार पाँच दलीय गठबन्धन निकट विद्यार्थी सङ्गठनका अध्यक्षहरू सँगको ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले विद्यार्थीहरूले परिस्थितिको सही मूल्याङ्कन गर्दा सही सूचना सम्प्रेषण हुने समेत बताए ।

सो अवसरमा प्रचण्डले केपी शर्मा ओली र आफूहरू कुनै पनि कोणबाट उस्तै नभएको स्पष्ट पार्दै विगतदेखिका नेपाली इतिहासका तथ्य र प्रमाणहरूले प्रस्ट गरेको बताए । सम्पूर्ण रूपमा आत्मसमर्पण गर्ने केपी शर्मा ओलीका विरुद्ध विद्रोह गर्ने हामी र उनी उस्तै हुनै सक्दैन । २०१७ सालतिर केशरजंग रायमाझीले सामन्तका पक्षमा लागे भने पुष्पलाल जनताको अधिकारका लागि लडे ।

दुबैलाई उस्तै भन्ने त प्रचण्डको प्रश्न थियो । उनले विद्यार्थीको प्रतिगमन विरोधी आन्दोलनमा आफूहरूको पूर्ण समर्थन रहेको भन्दै नेपाली जनतालाई आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न नदिने डिजाइनको खलपात्र केपी ओली बनाइएको बताए ।