‘भोलि साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुन्छ’

भदौ १३, २०७८


प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले ढिलोमा अबको ४८ घण्टाभित्र सरकारले पूर्णता पाउने बताएका छन् ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच सहमति भैसकेको बताएका हुन् । उनले माधव नेपालले पनि सरकारमा सहभागी हुने बताएकोले नै पर्खिंदा सरकारलाई पूर्णता दिन केही ढिलाई भएको भएपनि भोलि साँझसम्म मन्त्रिपरिषद् विस्तार भैसक्ने दाबी गरे ।

आफूहरुको कारण एमाले विभाजन नभएको भन्दै लोकतन्त्रमा दल विभाजन हुनु दुःखद् भएको उनको भनाइ थियो । एमाले नेताहरुले कांग्रेसले आफ्नो पार्टी फुटाईदिएको भनेर लगाएको आरोपमा पनि कुनै सत्यता नभएको विश्वकर्माको टिप्पणी थियो ।

उनले भने,‘नेपाली कांग्रेसले यसो छड्के आँखा हेर्दा फुट्ने पार्टी कस्तो पार्टी हो ? त्यस्तो पार्टी नबनाउनुहोस, धराप र कमजोर पार्टी नबनाउनुहोस । एमाले व्यवस्थित् भएर आओस । तर, एमाले उठ्ने समभावना छैन् । एमाले फुट्दा कांग्रेस खुशी छैन् । एमाले विभाजन हुँदा हामी खुशी छैनौं । हामी दल जुट्दा खुशी हुन्छौं ।’