१६ हजारको परीक्षण, २३ सयमा कोरोना पुष्टि

भदौ १४, २०७८


पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१६ हजार २३३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

पछिल्लो २४ घण्टामा ११ हजार ८९२ जनाको पिसिआर र ४ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, १ हजार ८०८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।  

संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ।